षडानन्द बहुमुखी क्याम्पसको स्थापना स्थानीय समुदायको सक्रियतामा वि.सं. २०६७ सालमा त्रिभुवन विश्वविद्यालयबाट संम्वन्धन प्राप्त गरी भोजपुर जिल्लाको दिङ्ला बजारमा भएको हो । क्याम्पसको नाम शिक्षासेवी तथा समाज सुधारक बालागुरु षडानन्दको नामबाट भएको छ । बालागुरुले भोपुरको दिङ्ंलामा नेपालकै पहिलो जनस्तरबाट संचालित विद्यालयको स्थापना गरी त्यसको दीर्घकालीन व्यवस्थापन समेत गरेका थिए ।
यस क्याम्पसमा अहिले शिक्षा शास्त्र र वाणिज्य शास्त्र दुई संकायहरु संचलानमा रहेका छन् । शिक्षाशास्त्र संयकायमा अंग्रेजी, नेपाली, अर्थशास्त्र, हेल्थ र जनसंखया विषयको अध्ययन अध्ययपन हुँदै आएको छ । जनस्तरमा संचालित सामुदायिक क्याम्पसको रुपमा भोजपुर जिल्लाका उत्तरी क्षेत्रमा गुणस्तरीय उच्च शिक्षाको पहुँच पु¥याउने उद्देश्का साथ स्थापना भएको हो । यस क्याम्पसको स्थापनाले महिला,दलित, जनजाति, सीमान्तकृत वर्गका विद्यार्र्थीहरु विषेश लाभान्वीत भई रहेका छन् र हुनेछन् ।






